नेभिगेशन
विश्व

दुई इजरायली मन्त्रीमाथि बेलायतको प्रतिबन्ध

काठमाडौँ । बेलायतले दुई अति दक्षिणपन्थी इजरायली मन्त्रीहरूमाथि प्रतिबन्ध लगाएको छ । प्यालेस्टिनी समुदायविरुद्ध बारम्बार हिंसा भड्काएको आरोप लगाउदै दुई इजरायली मन्त्रीलाई प्रतिबन्ध लगाएको हो। 

बेलायती विदेशमन्त्री डेभिड लामीले इटामार बेन-ग्भिर र बेजालेल स्मोट्रिच दुवैलाई बेलायत प्रवेश गर्न प्रतिबन्ध लगाएको र बेलायतमा उनीहरूको सबै सम्पत्ति जफत गरिने जानकारी दिएका छन् । लामीले इजरायलका अर्थमन्त्री स्मोट्रिच र राष्ट्रिय सुरक्षा मन्त्री बेन-ग्भिरले चरमपन्थी हिंसा र प्यालेस्टिनी मानव अधिकारको गम्भीर उल्लङ्घनलाई उक्साएको बताएका छन् ।

बेलायतले आफ्ना दुई मन्त्रीमाथि प्रतिबन्ध लगाएपछि  इजरायलले निर्वाचित प्रतिनिधिहरू र सरकारका सदस्यहरूमाथि यस्ता प्रतिबन्धहरू लागू गरिनु अपमानजनक भएको प्रतिक्रिया दिएको छ ।

बेलायत बाहेक नर्वे, अष्ट्रेलिया, क्यानडा र न्यूजील्याण्डले पनि यी दुई मन्त्रीमाथि प्रतिबन्ध लगाएका छन् ।
गाजामा युद्धमा उनीहरूको अडानका लागि स्मोट्रिच र बेन-ग्भिर दुवैको पनि आलोचना गरिएको छ । दुवै मन्त्रीहरूले गाजामा सहायता अनुमति दिन विरोध गरेका छन् र क्षेत्र बाहिर प्यालेस्टिनीहरूको पुनर्वासको लागि आह्वान गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व