नेभिगेशन
राजनीति

तरुणको भवनलाई सरकारको ३ करोड दिएका सिंहका अन्य बेथितिको पनि पर्दाफास, मनपरी खर्च

काठमाडौं– सहरी विकास मन्त्रालयको बजेटबाट कांग्रेस भ्रातृ संगठन तरुण दलको भवन बनाउनका लागि ३ करोड बिनियोजन गरी विवादमा आएका उपप्रधानमन्त्री प्रकाशमान सिंहले अन्य आर्थिक बेथिति मच्चाएका विवरण प्राप्त भएका छन्।

मन्त्रालय स्रोतका अनुसार सिंहले कांग्रेसको महिला संघ महिलासहित गणेशमान र मगलादेबी भवन र पार्कहरुमा करोडौं रकम बजेटमा बिनियोजन गरेका छन्। हुनेखाने सिंहले निजी खर्चबाट गर्न सक्ने काम पनि सरकारी ढिकुटीको रकममार्फत गराउन योजनामा पारेर बिनियोजन गर्न खोजेका छन्।

काठमाडौंको जहरसिंपौवास्थित गणेशमान पार्क, नयाँ बानेश्वरको ब्युटिफिकेशन काम, टोखाको मंगलादेवी फाउन्डेशन भवन पूर्वाधार निर्माण, मंगला शैलजा स्मृति भवन निर्माण, पूर्वाधार निर्माणका लागि पनि सहरी विकास मन्त्रालयको रकम खर्च गर्नेगरी बजेट तयार पारेका छन्। त्यो करोडौंको मूल्यमा तयार पारिएको छ। 

यसअघि तरुण दलको भवन निर्माणका निम्ति ३ करोड रुपैंया बजेट तयार पारेर विवादमा तानिएका सिंहका कारण नेपाली कांग्रेस नै बदनाम बनिरहेका बेला नयाँ–नयाँ बेथितिको पर्दाफास भएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

प्रतिनिधिसभाबाट बजेट पारित