नेभिगेशन
राजनीति

राजविराज नगरपालिकामा नयाँ तमासाः कार्यबाहक मेयरलाई कार्यालयमा थुनियो

सप्तरी– प्रायः विवादमा आउने सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा नयाँ–नयाँ तमासा देखाउन थालिएको छ।

राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन कार्यालयमा थुनिएकी छन्। 

परविनले निमित्त कार्यालय प्रमुख भोगेन्द्र यादवलाई  पदभार  ग्रहण गराउन आन्दोलनको प्रहरीको सहायतामा ताल्चा फुटाएर भित्र गएपछि भित्रै थुनिएकी हुन्।

बाहिरबाट आन्दोलन गरिरहेका पक्षले तोडफोड गर्न थालेपछि उनीसहित केही वडाध्यक्ष र कर्मचारी भित्र थुनिएका थिए। 

निमित्तलाई हाकिम नबनाउने, नगरपालिकामा भ्रष्टाचार बढेको  लगायका मागसहित यादव नेतृत्वको टोली तीन दिनदेखि तालाबन्दी गरेर आन्दोलनमा छ। 

आन्दोलनमा दुई पक्षबीच घम्साघम्सी र ढुंगामुढा समेत भएको छ।कार्यवाहक नगरप्रमुखसहित निमित्त कार्यालय प्रमुख अहिले प्रहरीको सुरक्षाबिच नगरपालिका भित्र थुनिएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

प्रतिनिधिसभाबाट बजेट पारित