नेभिगेशन
समाज विविध

पत्नीसित अनैतिक सम्बन्ध राख्ने वडाध्यक्षहरूलाई पतिले पक्राए, एउटा त नाङ्गेझार बनाइए

काठमाडौं– तीन तहको सरकार मध्य स्थानीय निकायको पनि सानो र जनतासँग छिटो भेटिने इकाई हो, वडा। अनि, त्यसका प्रमुख हुन्छन् वडाध्यक्ष।

वडाको सिफारिसबिना नागरिकका सामान्य काम पनि बन्दैनन्। तर, त्यही सरकार प्रमुख अर्थात् वडाध्यक्षमा निर्वाचित भएकाको नैतिक चरित्र कति बलियो हुन्छ भन्ने प्रश्न उठ्ने गरेको छ।

हुन त ७५३ स्थानीय सरकारका ६ हजार ७४३ वडा छन्। तिनमा निर्वाचित हुने अध्यक्षका घटना अपवाद पनि होलान्। तर, वडाध्यक्ष नैतिकवान हुनुपर्ने भए पनि यस्ता घटना सतहमा आएका थिए कि उनीहरू अन्य विषयमा होइन, अर्काकी पत्नीसँग रङ्गेहात नै पनि पक्राउ गरिए। 

ति मध्य तीन वटा प्रतिनिधि घटनालाई यहाँ राखिएको छ।

नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हरीबहादुर तामाङ परस्त्रीसहित होटलबाट रंगेहात पक्राउ परेका थिए।

विदुर नगरपालिका वडा नम्बर २ को एक होटलबाट उनी  रंगेहात पक्राउ परेका थिए। महिलाको पतिको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले बताएको थियो। 

बैदेशिक रोजगारीको शिलशिलामा देशबाहिर रहेपछि वडा अध्यक्ष तामाङले ती महिलासँग समय बिताउने गरेका थिए।

महिलाको पतिले दिएको सूचनापछि प्रहरीले होटलबाटै उनीहरूलाई पक्राउ गरेको थियो। तामाङ ०७९ को स्थानीय तह निर्वाचनमा ७९० मतसहित विजयी भएका थिए।

उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

दलका प्रतिनिधि भएर उम्मेदवारी दिएपछि त झनै आचरणमा नैतिकता हुनुपर्ने मानिन्छ। तर, यस्ता अनैतिक गतिविधिमा संलग्नलाई पनि राजनीतिक दलले टिकट दिने गरेको उदाहरण अरु पनि छन्।

त्यस मध्य अर्को हो, सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतमको कथा। उनी एक महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा होटलबाट रंगेहात पक्राउ परेका थिए। 

धरान–१२ को शुभकामना होटलबाट गौतमलाई रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका तत्कालिन डीएसपी नवराज मल्लले पुष्टि गरेका थिए।

गौतमसँग अनैतिक सम्बन्ध राख्ने महिलाका पतिलाई शङ्का लागेर केही महिनादेखि नै पत्नीलाई पछ्याउँदै होटलसम्म पुगेका थिए। 

नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका सदस्यसमेत रहेका गौतम २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमानसमेत उनी वडा अध्यक्ष निर्वाचित भएका थिए।

उता, दुई वटी पत्नी हुँदाहुँदै परस्त्रीसँग लागेका अध्यक्षलाई वडा कार्यालयमै आपत्तिजनक अवस्थामा स्थानीयले समातेका थिए।

आफ्नै वडा कार्यालयमा परस्त्रीसँग यौन क्रियाकलाप गरिरहेको फेला पारेपछि स्थानीयले हात खुट्टा बाँधेर प्रहरीलाई बुझाएको विवरण सतहमा आएको थियो।

यसरी नाङ्गै बाँधेर ल्याइएका वडाध्यक्ष बझाङको तल्कोट गाउँपालिका–३ का भरत बोहरा थिए। वडाध्यक्ष र सोही वडाले सञ्चालन गरेको सिलाइ–कटाइ तालिमकी प्रशिक्षक छबिसपाथिभेरा गाउँपालिका झुटेराकी सुनिता रानालाई वडा कार्यालयभित्र आपत्तिजनक अवस्थामा फेला पारिएको थियो।

दुवै जनालाई हातगोडा बाँधेको अवस्थामा सुनिताका पतिसहित १० जनाले राति २ बजे प्रहरी कार्यालयमा पुराएका थिए। 

यो घटनामा पति बालकृष्ण रानालाई ५ लाख नगद दिने शर्तमा वडाध्यक्षले कुरो मिलाएका थिए। तत्काल २ लाख ५० हजार दिए पनि बाँकी पछि भन्दै सहमति गरेर प्रहरी कार्यालयबाट छुटेका थिए।

स्थानीय सरकारको जिम्मेवार पदाधिकारी भएर पनि यस्ता अनैतिक काममा लाग्नु बाञ्छनीय नहुने र जनप्रतिनिधिको व्यवाहारसँग अन्य मानिस डराउने क्रम बढ्न सक्ने मनो चिकित्सकहरू बताउँछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध