नेभिगेशन
राजनीति

भ्रष्टाचार मुद्दामा अभियोगपत्र दायर भएपछि गौरको कार्यक्रम छाडेर काठमाडौं उडे माधवकुमार नेपाल

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपिठको जग्गा खरिद प्रकरणमा भएको भष्ट्राचार मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई आरोपपत्र दायर गरेपछि राजनीतिक तरङ्ग पैदा भएको छ।

गृहजिल्ला रौतहटको विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका नेपाल गौरको कार्यक्रम छाडेर काठमाडौं उडेका छन्। उनले पतञ्जलीमा यस्तो हुन्छ भन्ने नसोचेको प्रतिक्रिया दिँदै कुनै लुपहोलबारे कानुनी परामर्श हुने बताए।

उनी कानुन व्यावसायीसँग छलफलमा जुट्नेछन्। आयोगले विहीबार नै आरोपपत्र दायर गरी १८ करोड बढी बिगो मागदाबी गरेको छ। आरोपपत्र दायर हुनासाथ नेपालको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति