नेभिगेशन
राजनीति

विन्दास देउवा भन्छन्– कहाँ छ राजावादी? तुहिसक्यो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि राजनीतिक विषयलाई विन्दास पाराले उत्तर दिने गरेका छन्। 

यहि उपक्रममा विहीबार जनकपुरमा आनन्दप्रसाद ढुङ्गानाका बुवा ठाकुरप्रसादको शालिक अनावरणका लागि पुगेका देउवालाई पत्रकारले प्रश्न गरे,‘राजावादी आन्दोलनका विषयमा के भन्नुहुन्छ?’

देउवाले सरल हिसाबमा उत्तर दिए,‘कहाँ छ राजावादी? तुहिसक्यो।’

उनले कांग्रेस–एमालेको सरकार अझै २ बर्षसम्म आनन्द हिसाबले जाने बताए। गठबन्धन चुनावसम्म जान्छ भन्दै उनले भने,‘केही समस्या छैन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति