चाकुका लागि प्रख्यात टोखामा पुग्दा... [तस्बिरहरु]

आइतबार, पुस ८, २०८०

आजको तस्बिर–  खोकनाको तेल, भादगाउँको टोपी भनिएजस्तै टोखाको चाकु भनेपछि देशैभरि प्रख्यात छ । माघे संक्रान्ति आउनु महिना दिन अघिदेखि नै चाकु बनाउने काममा टोखा व्यस्त भइसकेको हुन्छ । 

Chaku_tokha_rssphoto3-1703427039.jpgमाघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु बनाउँदै । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । तस्बिर : हरिराम भेटुवाल/रासस

टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यकाबाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । यहाँ उत्पादित चाकु जापान र अस्ट्रेलियालगायतका देशमा समेत उत्तिकै माग छ ।

Chaku_tokha_rssphoto2-1703427039.jpgमाघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु बनाउँदै । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । तस्बिर : हरिराम भेटुवाल/रासस

नेवारी भाषामा ‘टु’को अर्थ उखु, ‘ख्यः’को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो । टोखामा झन्डै पाँच दशकदेखि चाकु उत्पादन गर्दै आएका टोखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठ बताउँछन् । 

चाकु बनाउन चाहिने सबैभन्दा प्रमुख कच्चा पदार्थ हो उखु । उखुलाई पेलेर रस निकालिन्छ। त्यो रसलाई नेपालभाषामा ‘साखःति’ भनिन्छ । त्यही साखःतिलाई पकाएर चाकु बनाउने गरिन्छ। 

Chaku_tokha_rssphoto1-1703427039.JPGमाघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु बनाउँदै । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । तस्बिर : हरिराम भेटुवाल/रासस

 

Chaku_tokha_rssphoto5-1703427040.jpgमाघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु बनाउँदै । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । तस्बिर : हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्