नेभिगेशन
राजनीति

प्रचण्डमाथि आक्रमण हुने त्रासपछि माओवादीको मध्य पहाडी लोकमार्ग अभियान स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्रले बुधबारदेखि २५ जेठसम्मका लागि तय गरेको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रमण हुने सन्त्राससँगै अभियान तत्काल रोकिएको उच्च स्रोतले जनाएको छ। 

तर माओवादी केन्द्रीय कार्यालयले भने यसलाई मौसमको कारण देखाएको छ। मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित भएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले जानकारी दिए। 

प्रतिकूल मौसमका कारण सोमबार माओवादीले जारी गरेको परिपत्रमा समेत अभियानको कार्यतालिका राखिएको छैन। नुवाकोटमा जनार्दन अधिकारीको प्रश्नको सामना गर्न नसकेको तथा वाईसीएलमाथि नै आक्रमण समेत हुने सम्भावना देखिएका कारण अभियान रोकिएको हो। 

अभियानका क्रममा माओवादीका अन्य नेतालाई पनि सुरक्षा खतरा हुन सक्ने आँकलन गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति