नेभिगेशन
राजनीति

यो ‘अस्वीकार’ले प्रष्ट पार्छ एमालेमा ओलीको ‘प्रतिपक्षी’ कित्तामा छन् गोकुल बाँस्कोटा

काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यादै निकस्टस्त रहेको र विश्वास जितेका कारण सञ्चारमन्त्री समेत बनेका गोकुल बास्कोटा अहिले प्रतिपक्षी कित्तामा उभिएका छन्।

कुनै बेला ओलीको सचिवालयमा समेत हावी भएका बास्कोटाका कारण पोलिटब्यूरो सदस्य महेश बस्नेतहरु बाहिर पुगेका थिए। अहिले विष्णु रिमालहरूको एकाधिकारका कारण बास्कोटा आफैं किनारामा पुगेपछि उनी एमालेभित्रको प्रतिपक्षी कित्तामा उभिएको संकेत मिलेको थियो। 

तर पछिल्लो पटक ओलीकै शैलीमा ‘म झोले हुँ’ भन्ने ट्रेन्डलाई सबैले पछ्याउँदा बास्कोटा त्यसको बर्खिलापमा उभिएका छन्। यसले ओलीवादी भन्दा पनि आफू एमाले र उनको कित्ताभन्दा अलग रहेको सन्देश बास्कोटाले दिएका हुन्। 

झोले ट्रेन्डमा अरुची राखेका उनी सामाजिक सञ्जाल एक्समा लेख्छन्,‘ज्यामितिमा स्वयम् सिद्ध तथ्य हुन्छन्, त्यसलाई प्रमाणित गर्न पर्दैन। जस्तो कि दुई विन्दुलाई सरल रेखाबाट मात्र जोड्न सकिन्छ। त्रिभुजका आन्तरिक कोणको योगफल १८० डिग्री हुन्छ। राजनीतिमा पनि त्यहि हो, अर्थात् म एमाले कार्यकर्ता हुँ। त्यहाँ मेरो विश्वासको मात्र होइन समाज नै बदल्ने क्रान्तिकारी सिद्धान्त छ।’

एमालेका प्रायः नेताले ‘म झोले हुँ’ भन्ने ट्रेन्डलाई पछ्याएका बेला पोलिटब्यूरो सदस्य समेत रहेका बास्कोटाको यो फरक तर्कले उनी ओली खेमामा छैनन् भन्ने प्रष्ट हुन्छ। 

हुन त पछिल्ला दिनमा उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सन्निकट रहेको पाइन्छ। भण्डारीलाई एमालेको केन्द्रीय राजनीतिमा फर्काउने चेष्टा गराउने मध्यका बास्कोटा पनि एक मानिन्छन्। 

एमाले स्रोतले भन्यो,‘राजनीतिमा एउटा विन्दुमा उभिएको मानिस अर्को टाकुरामा पुग्ने चलन चलिरहन्छ। हिजो माधवकुमार नेपालसँग रहेकाहरु अहिले ओलीसँग रहनु पनि नयाँ र नवीन कुरा होइन, त्यो राजनीति हो। बास्कोटाको हकमा पनि लागू हुन्छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति