नेभिगेशन
राजनीति

प्रचण्डले ओलीको फोन उठाएछन्, सिंहदरबारमा ओली र देउवासँग बैठक

काठमाडौं– प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीन ठूला दलका शीर्ष नेताको बैठक तय भएको छ।

सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डको बैठक हुन लागेको हो। 

सचिवालयका अनुसार, बैठकमा मुख्यतया संसदमा जारी अवरोध हटाउने, र अन्य राष्ट्रिय महत्वका विषयमा सहमति जुटाउने प्रयास गरिनेछ।

अहिले अवरोध रहेको संसद चलाउने विषयमा छलफल हुने बताइएको छ। 

यसअघि एमाले संसदीय दलको बैठकमा प्रचण्डले जानीजानी फोन नउठाएका कारण छलफल हुन नसकेको प्रधानमन्त्री ओलीले सुनाएका थिए। बैठकको समय नै तय भैसकेका कारण आजचाहिँ ओलीको फोन प्रचण्डले उठाएको स्पष्ट हुन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति