नेभिगेशन
राजनीति

प्रचण्डको ‘बहुलाकाजी सपना’ कसरी तुहुँदैछ? उत्पात मच्चाउन किन खोजिँदैछ?

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानता र समावेशीताको विषय ज्यादै उठाउने गरेका छन् तर कार्यान्वयनमा पुग्न निक्कै मुस्किल छ।

उनको आफ्नै पार्टीमा हुँदा पनि अब यो ‘बहुलाकाजीको सपना’ जस्तो भएको प्रतीत हुन्छ। 

नेपाली समाज परिवर्तनको एउटा सन्देश दिएको त्यो उपन्यासको सारले पनि प्रचण्डको राजनीतिक जीवनलाई बिम्बित गर्दथ्यो। तर, प्रचण्ड नयाँ सामन्तवादीको नेताका रुपमा उदाएका छन्। 

बहुलाकाजीको सपना के थियो? त्यसबारे सारमा बुझौं। 

उपन्यासको मुख्य पात्र बहुलाकाजी एक सामान्य तर प्रगतिशील सोच बोकेको पात्र हुन्, जसले आफ्नो गाउँमा परिवर्तन ल्याउने सपना देख्छन्। उनी शिक्षाको महत्व बुझ्छन् र गाउँका जनतालाई पनि चेतनशील बनाउन चाहन्छन्। तर, उनको यो सोच पुरानो संरचना, अन्धविश्वास, जातपात र वर्गीय विभाजनले जकडिएको समाजमा ठोक्किन्छ। उपन्यासमा बहुलाकाजीको सपना भनेको सामाजिक चेतना, समानता, र शिक्षाको फैलावट हो, जुन पुरानो परम्परागत सोचले सजिलै आत्मसात् गर्न सक्दैन।

ग्रामीण समाजमा विद्यमान रूढिवादी परम्परा र परिवर्तनशील सोचबीचको टकरावलाई उजागर छ, उपन्यासमा। 

बहुलाकाजीको सपना केवल एउटा पात्रको चाहना नभई, त्यस समयमा चेतनशील नेपालीहरूको प्रतिनिधित्व गर्ने विचार पनि हो। उपन्यासमा सरल भाषाशैली, ग्रामीण परिवेशको सजीव चित्रण, र सामाजिक सन्देशको गहिरो पुट पाइन्छ।

समग्रमा, ’बहुलाकाजीको सपना’ नेपाली साहित्यमा सामाजिक परिवर्तनको चेतना बोकेको एक युगान्तकारी कृति हो, जसले पाठकलाई सोच्न र प्रश्न गर्न प्रेरित गर्छ। यो उपन्यासले नेपाली समाजमा चेतना र जागरण ल्याउने कार्यमा ठूलो योगदान दिएको छ।

प्रचण्डको माओवादी युद्धदेखि अहिलेसम्मको बर्बराहत यहि भए पनि उनी आवेग र हिंसाका पात्र हुन्। 

उनले यसको उदाहरण आइतबार मात्र एउटा कार्यक्रममा गरेको भाषणले बिम्बित गर्दछ।

प्रचण्डले राजावादीलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्न निर्देशन दिए। 

योङ कम्युनिष्ट पार्टी (वाईसीएल) नेपालको तेस्रो सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै उनले आइलाग्नेमाथि जाइलाग्न नसक्ने भए कसरी वाईसीएल हुन्छ भन्दै प्रश्नसमेत गरेका छन् ।

पछिल्लो समय राजावादी छाडा बनेर आफूहरुमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै प्रचण्डले आइलाग्नेमाथि जाइलाग्न तयारी भएर बस्न निर्देशन दिए।

यो हिंसा भड्काउने र भिडन्तमा जानका लागि गरिएको निर्देशन थियो।

उनले भने, ‘अहिले राजावादीहरु बडो कता कताबाट पैसा ल्याएको छन्, पैसा त उनीहरुले थुपारेकै होलान्। त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको तपाईंहरुले र मैले देखिरहेका छौं। म के भन्न चाहन्छु भने जाइलाग्ने चाहिँ होइन, उनीहरुको सभामा, उनीहरुको आन्दोलनमा गएर जाइलाग्न भन्न मैले खोजिरहेको छैन, बुझ्नुहोला, तर उनीहरु छाडा भएका छन्। छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन्। यदि उनीहरु आइलाग्छन् भने त्यसको इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुहोस्। गर्नैपर्छ।’

प्रचण्डले आफू शनिबारमात्रै नुवाकोटमा सार्वजनिक कार्यक्रममा बोलिरहेको बेला एक जना राजावादीले अराजक रुपमा प्रश्न गरेपछि त्यसको जवाफ त्यहाँका स्थानीयले जीवनभर पुग्नेगरी र नबिर्सिनेगरी प्रतिवाद गरेको सुनाए।

उनले यदि कोही आइलाग्छ भने त्यस्तो अवस्थामा जाइ नलाग्ने भए कसरी वाईसीएल भयौ भन्दै प्रश्न गरे।

प्रचण्डको यहि निर्देशन पाउनासाथ वाईसीएलको इन्चार्ज रहेका रामप्रसाद सापकोटा उर्फ दीपशिखा थप उदण्डता देखाउन सक्रिय देखिए। 

उनले ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट पनि लखेट्नका लागि आह्वान गरे। यसले आन्दोलन जारी राखेका राजसंस्थावादीलाई थप उग्र बनाउने स्पष्ट हुन्छ। यसले प्रचण्डको बहुलाकाजीको सपना तुहाउने मात्र हैन, उत्पात मच्चाउने संकेत गर्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति