नेभिगेशन
राजनीति

वाईसीएलले कुटपिट गर्दा गर्दै प्रहरी हिरासतमा पुराइएका अधिकारीले प्रचण्डलाई सोध्न खोजेको प्रश्न

काठमाडौं– जनतासँग प्रत्यक्ष संवादमा रहेको र अभियान चलाएको हुंकार दिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आलोचना नसहने र प्रश्न सुन्न नसक्ने हर्कत नुवाकोटमा देखाए।

उनी एक युवाको प्रश्न छल्न तम्तयार भए। उनको संगठनका अर्ध लडाकु वाईसीएल प्रयोग गरेर युवालाई पिट्न लगाइयो र प्रहरी हिरासतसम्म पनि लगियो। तैपनि प्रचण्डले त्यसो नगर्नुसम्म भनेनन् बरु कार्यक्रम सकेर हिँडे।

शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका–३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा प्रचण्डसँग प्रश्न गर्न खोज्दा सूर्यगढी गाउँपालिका–२ बोहोरेका जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरी केही समयपछि छाडेको थियो।

ति अधिकारीले ‘मेरो तपाईंसँग एउटा प्रश्न छ’ भनेका थिए। त्यसपछि प्रचण्डले जवाफमा, ‘यो समय सवालजवाफ गर्ने होइन। ति अधिकारीले के प्रश्न सोध्न खोजेका थिए? 

janardan-adhikari-nuwakot-1748753651.jpg
अधिकारीले सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तकहरूलाई सम्बोधन गर्दै आफूले भोगेको ‘बर्बरता’ लाई ‘लोकतन्त्रको नै उपहास हुनेगरी भएको क्रुर तानाशाही बर्बरता’ भनेका छन्। 

उनले आम नागरिकको हैसियतले सोध्न खोजेका प्रश्नहरू सार्वजनिक गरेका छन्। 

उनका प्रश्नहरूमा मुख्य गरी माओवादीले ‘बुर्जुवा शिक्षा’ भन्दै पाठ्यक्रमबाट संस्कृत विषय हटाएको सन्दर्भमा गणतन्त्रपछि तामाङ, मैथिली, गुरुङ, नेवारीलगायतका अन्य भाषा पाठ्यक्रममा समावेश गरियो वा गरिएन भन्ने र ती भाषाहरू लोप हुँदै गएको चिन्ता समावेश छ।

‘जसले बोर्डिङ जलायो उसैको कार्यकर्ताहरू करोडौँ लगानी गरेर बोर्डिङ खोल्दैछ। के यसले भोलि माओवादी नेतृत्वमा पुग्दा सरकारी विद्यालयको हक हितको लागि काम गर्छ कि आफ्नो कार्यकर्ताको निजी विद्यालयलाई सहयोग पुग्ने गरी काम गर्छ?’, अधिकारीले प्रचण्डलाई सोध्न खोजेको अर्को प्रश्न थियो, यो।

अभिव्यक्तिको स्वतन्त्रता र नागरिकले आफ्ना नेताहरूसँग प्रश्न सोध्न पाउने अधिकारमाथि यस घटनाले प्रश्न खडा गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति