नेभिगेशन
समाज विविध

राजावादी आन्दोलनले माइतीघर–बबरमहल सडक अस्तव्यस्त

काठमाडौं- राजावादीको आन्दोलनका कारण माइतीघर–बबरमहल सडक खण्ड अस्तव्यस्त बनेको छ ।

प्रदर्शनकारीहरू सडकमा भेला भएपछि सवारी आवागमन प्रभावित बनेको हो ।राजसंस्थाको पुनः स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ । माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन् । जसको कारण यातायात प्रभावित भएको छ ।

यातायात ठप्प भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ। आन्दोलनमा राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका राजावादीहरु सहभागी छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दीपक गिरीका अनुसार, डाइभर्सन गर्नुपर्ने अवस्था भने छैन । ‘माइतीघरमा भेला भएर बबरमहलतर्फ अघि बढेको छ । करिब दुई हजार मानिस सहभागी छन् भन्ने आयो । बीच सडकबाटै हिँडेकाले सवारी आवागमनमा असहज भएको छ । तर, सवारी डाइभर्सन गर्नुपर्ने अवस्था भने छैन’, एसपी गिरीले भने । राजावादीले बिहीबार रत्नपार्कमा प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध