नेभिगेशन
समाज विविध

‘राइड सेयरिङ’को विरोधमा गण्डकीमा सार्वजनिक यातायात ठप्प

काठमाडौँ- गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने कानुन ल्याएपछि यातायात व्यवसायीले गण्डकीमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।

गण्डकी प्रदेशले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरेर कानुनी प्रक्रिया अगाडि बढाएपछि त्यसको विरोध जनाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा व्यवसायीले यातायात सेवा ठप्प पारेका हुन् ।

उनीहरूले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।

जेठ १९ देखि देशभर यातायात सेवा ठप्प पार्ने महासंघको तयारी छ । यसअघि एक हप्ताभित्र माग पूरा नभए सेवा ठप्प पार्ने घोषणा गरेका थिए ।

गण्डकी प्रदेश सरकारले वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध