नेभिगेशन
समाज विविध

भारतमा कोरोना संक्रमण बढ्दै, १२ जनाको मृत्यु

काठमाडौँ -भारतमा कोरोना भाइरसको संक्रमण फेरी बढिरहेको देखिएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार मंगलबार भारतमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

रिपोर्टका अनुसार मंगलबार उत्तर प्रदेशको फिरोजाबादमा उपचारको क्रममा ७८ वर्षीय एक कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट जेएन १ बाट पहिलो मृत्यु हो । यसबाहेक, केरला, महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल १२  बिरामीको मृत्यु भएको छ ।

त्यसैगरी हाल भारतमा सक्रिय केसहरूको संख्या १०८१ पुगेको छ । जसमा सबैभन्दा बढी ४३० संक्रमित केरलामा रहेका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिले ४ भेरियन्टहरू फेला परेका छन् । जसमा एकएफ ७, एक्सएफजी, जेएन १, र एनबी १.८.१. भेरियन्टहरू रहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध