नेभिगेशन
राजनीति

बालेनविरुद्ध कांग्रेस, एमाले र समाजवादीको एकता, महानगरमा दलको नयाँ चटक 

काठमाडौं– मेयर बालेन शाहविरुद्ध काठमाडौं महानगरपालिकाका ३२ वडामा रहेका जनप्रतिनिधिहरुले एकता गरेको घोषणा गरेका छन्। 

काठमाडौं–२२ का वडाध्यक्ष चिनिकाजी महर्जनले उपमेयर सुनिता डंगोलसहित ३२ वटै वडाका अध्यक्ष, सदस्यहरुको भेला रहेको जानकारी दिँदै सामाजिक सञ्जालमा तस्बिर समेत राखेका छन्।

b29abb86-35e0-43fa-b097-641c3cd870f3-1748408471.jpg
बालेनलाई कार्यपालिका बैठक बोलाउनका लागि उपमेयर डंगोलको नेतृत्वमा पत्र बुझाएका दलका प्रतिनिधि बनेकाहरुले भेला गरेको जानकारी गराएका हुन्। 

चिनिकाजी महर्जनले लेखेका छन्,‘काठमाडौं महानगरपालिकाको गतिरोधलाई निकास दिन आज ३२ वटै वडाका जनप्रतिनिधिहरुको संयुक्त भेलाबाट साझा प्रयास।’

1d1c2436-9ce8-4dfb-9cb5-eaf5bcb1384c-1748408495.jpg
स्वतन्त्र उम्मेदवारीमार्फत लोकप्रिय मत ल्याएर मेयरमा जित निकालेका बालेनलाई पेल्नका लागि यो एकताको प्रयास भएको बुझिन्छ। कतिपयले यसलाई महानगरपालिकामा नयाँ चटक देखाउन थालिएको भनी टिप्पणी गरेका छन्।
chin-kaji-1748408643.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति