नेभिगेशन
राजनीति

राजसंस्थावादी आन्दोलनको पूर्वसन्ध्यामा सुवेदी र बस्नेतबीच भयो भेट, शिव सेनाको के छ तयारी?

काठमाडौं– राजसंस्था पुनःस्थापनाका निम्ति बिहीबार काठमाडौंमा गरिने भनिएको आन्दोलनको पूर्वसन्ध्यामा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबासहितका पदाधिकारीको भेट भएको छ।

भेटका क्रममा एमालेले प्रतिरोधका लागि गरेको आह्वान र त्यसमा कसरी शालिनताका साथ आन्दोलनलाई परिचालन गरिने भन्ने सन्दर्भमा कुराकानी भएको बताइन्छ।

चैत १५ गते राजधानीको तीनकुनेमा भएको आन्दोलनको समीक्षासहित राज्य कसरी प्रतिशोधपूर्ण हिसाबले लागेको छ भन्ने सन्दर्भमा पनि कुराकानी भएको बताइन्छ। 

सुवेदीसँग बस्नेतसहित शिव सेना नेपालका केन्द्रीय नेता चिरणप्रताप खड्का र गंगा चौधरीले पनि भेट गरेका छन्। 

राप्रपासहित सबै राजसंस्थावादी शक्तिले जेठ १५ गतेदेखि निर्णायक आन्दोलनलाई निरन्तरता दिने पूर्वघोषणा गरिसकेको अवस्थामा यो भेटलाई अर्थपूर्ण मानिएको छ।
499894617_1096447709179895_5555531627668653069_n-1748404818.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति