नेभिगेशन
समाज विविध

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज 

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजका लागि पेसी तोकिएको छ ।

अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका थिए ।

रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथ गराउने निर्णय गैरकानूनी भएको जिकिर गरिएको छ ।

यस्तै, गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उठाउँदै नियुक्ति बदर गर्न माग गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध