नेभिगेशन
पुँजी बजार

झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा पुगेको छ । 

आज नेप्से बढ्दा ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ९९ हजार ३९४ कित्ता शेयर कारोबार भएको छ । 

आज ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरमा ३१८ वटा कम्पनीको शेयर ५९ हजार ६३३ पटक किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्