नेभिगेशन
राजनीति

कांग्रेस पार्टी मौन रह्यो तर चुप लागेनन् नेता शंकर भण्डारी, ओलीबारे यस्तो भनिसके

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको बिरोध गरेका छन्। राजसंस्थावादी तथा हिन्दूवादीको आन्दोलनका दिन जेठ १५ गते एमालेलाई उत्रिन ओलीले आग्रह गरेका थिए। 

भण्डारीले त्यसको आलोचना गरेका छन्। नेपाली कांग्रेसले औपचारिक रुपमा खण्डन नगरे पनि भण्डारीले सामाजिक सन्जालमार्फत त्यसप्रति आपत्ति जनाए। 

उनी भन्छन्–
प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ १५ गते नेकपा (एमाले) का कार्यकर्ताहरूलाई काठमाडौं नियन्त्रणमा लिन भनी हिजो आइतवार दिएको निर्देशन घोर आपत्तिजनक अभिव्यक्ति हो संविधान, मानव अधिकार, विधिको शासन विरूद्ध देशको प्रधानमन्त्रीको अभिव्यक्ति आउनु यो खेदजनक घटना हो। 

शान्तिपूर्ण रूपमा भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाउने नागरिकका नैसर्गिक अधिकार विरूद्ध आएको प्रधानमन्त्री अराजक अभिव्यक्ति प्रजातन्त्रप्रतिको उपहास हो। म प्रधानमन्त्रीलाई आफ्नो यो उत्तेजक एवम् अराजक अभिव्यक्ति फिर्ता लिन माग गर्दछु ।

त्यसैगरी हाम्रो पार्टी नेपाली काँग्रेसले प्रधानमन्त्रीको यस्तो गैह्रजिम्मेवार अभिव्यक्तिप्रति मौन रहनु अर्को दुःखको विषय भएकाले सभापति ज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु। नेपाली काँग्रेस पार्टी प्रधानमन्त्रीलाई लगाम लगाउन सकेन र निरन्तरसंग प्रधानमन्त्री यसरी नै अराजक अभिव्यक्ति दिइरहँदा समेत नेपाली काँग्रेस प्रधानमन्त्रीलाई सचेत गराउँदैन भने प्रधानमन्त्रीका अभिव्यक्तिमा नेपाली काँग्रेसको पनि समर्थ रहेका भनेर जनतामा गलत सन्देश जाने भएकोले नेपाली काँग्रेसले प्रधानमन्त्रीको हिजो अराजक अभिव्यक्ति भत्सना गर्दै शिघ्र वक्तव्य जारी गर्न समेत माग गर्दछु।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी