नेभिगेशन
पुँजी बजार

पियोर इनर्जीको साधारण सेयर नेप्सेमा सूचीकृत

काठमाडौं- पियोर इनर्जीको साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सोमबार पियोर इनर्जीको ८० लाख कित्ता साधारण सेयर प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम गरेर सूचिकृत गरिएको नेप्सेले जनाएको छ ।

सेयर सूचीकृत भएसँगै अब मंगलबारबाट कम्पनीको सेयर कारोबार सुरु हुने छ । कम्पनीको शेयर अंग्रेजीमा Pure सिम्बलबाट कारोबार हुने छ ।  

कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको आईपीओ वैशाख ११ गते बिहीबार बिहान शेयर बाँडफाँड भएको थियो ।

कम्पनीले सर्वसाधारण तर्फ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमार्फत साधारण सेयर खुल्ला बिक्री आह्वान गरेको थियो ।

सर्वसाधारण सेयरधनीहरूलाई वितरण गरिएको २० प्रतिशत अर्थात् १६ लाख कित्ता सेयर र कम्पनीको संस्थापक सेयरधनीहरूले लगानी गरेको ८० प्रतिशत अर्थात् ६४ लाख कित्ता सेयरसमेत गरी कुल ८० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।

पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो । आयोजना ४३ विगाहा क्षेत्रमा फैलिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्