नेभिगेशन
अर्थ विविध

भ्याट विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक

काठमाडौं- सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई कारोबार गरिरहे पनि कर विवरण पेस नगरेका ४८ हजारभन्दा बढी करदाताको नाम सार्वजनिक गरेको छ ।

लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभागले ननफाइलर अवधि ६ महिना कटेका करदाताको विवरण आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्दै १५ दिनभित्र कर विवरण पेस गरी कारोबार नियमित गर्न भनेको छ ।

वेबसाइटमा नाम सार्वजनिक भएका करदाताले आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क गरी यस्तो विवरण बुझाउन सक्ने भएका छन् ।

यसरी विवरण सार्वजनिक भएका करदातामा अधिकांश साना उद्यमी छन् । नेपालमा भ्याट दर्ता हुने करदाता संख्या साढे ३ लाख हाराहारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्