नेभिगेशन
अर्थ विविध

७३ आईएसपीलाई १५ दिनभित्र बक्यौता बुुझाउन प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले ७३ वटा इन्टरनेट (इमेल) तथा नेटवर्क सेवा प्रदायक (आईएसपी) हरुलाई १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले यही ७ गते सूचना जारी गर्दै उनीहरुले केही वर्षदेखि सरकार र प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने लेखा परीक्षण विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषबापतको रकम निर्धारित समयमा बुझाउनु पर्नेमा नबुझाएको र हालसम्म तिर्न बुझाउनुपर्ने बक्यौता रकम नतिरेको भन्दै सूचना जारी गरेको हो ।

पटक पटक पत्राचार, इमेल तथा सूचनामार्फत जानकारी गराउादा समेत विवरणसहित बाँकी बक्यौता रकम दाखिला गरी जानकारी नगराएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । सूचनाअनुसार ७३ आईएसपीहरुले ७ गतेदेखि हुने १५ दिनको समयमै नियमानुसारको विवरण, कागजातसहित बाँकी बक्यौता रकम भुक्तानी गरी प्राधिकरणमा जानकारी गराउनु पर्नेछ । त्यसो नगरिए दूरसञ्चार ऐन २०५३ अनुसार कारबाही अघि बढाउने प्राधिकरणको चेतावनी छ ।

बक्यौता नतिर्ने ७३ आईएसपीको सूची

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध