नेभिगेशन
अर्थ विविध

सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले बढ्यो

काठमाडौं - नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ । बुधबार तोलामा एकै दिन पाँच हजार रुपैयाँ बढेको छापावाल सुन बिहीबार पनि १७ सय रुपैयाँले बढेको हो ।

छापावाल सुन तोलाको एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध