नेभिगेशन
अर्थ विविध

सुनको मूल्य एकैदिन तोलामा ५ हजार रुपैयाँ बढ्यो, चाँदी ५० रुपैयाँ महँगियो

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कारोबार मूल्य उच्च भएसँगै सुन एकै दिन तोलामा ५ हजार रुपैयाँ बढेको छ। बुधबार कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार कायम प्रति तोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा मंगलबार स्थिर रहेर कारोबार भएको थियो। गत शुक्रबारका तुलनामा तोलामा ६ सय रुपैयाँ घटेर आइतबार कारोबार मूल्य प्रति तोला १ लाख ८४ हजार २ सय रुपैयाँ भएको थियो। त्यसमा ६ सय बढेर सोमबार १ लाख ८४ हजार ८ रुपैयाँ पुगेको थियो।

चाँदी पनि बढेको छ। चार दिनपछि मंगलबार तोलामा ५ रुपैयाँ घटेको चाँदी बुधबार ५० रुपैयाँ बढेको छ। महासंघका अनुसार बुधबार कारोबार मूल्य तोलाको १ हजार ९ सय ९० रुपैयाँ भएको छ। मंगलबार प्रति तोला १ हजार ९ सय ४० रुपैयाँ थियो। गत शुक्रबारदेखि सोमबारसम्म कारोबार मूल्य तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ३२१७.७१ डलरले कारोबार भएको सुन बढेर बुधबार प्रति औंस ३३००.३२ डलर पुगेको छ। चाँदी पनि प्रति औंस ३२.२५ डलरबाट बढेर ३३.०६ डलर पुगेको छ। सोमबार सुन प्रति औंस ३२१७.०५ डलर र चाँदी ३२.३४ डलर थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्