नेभिगेशन
अर्थ विविध

तमोर जलाशययुक्त आयोजना अघि बढाउने बारे मन्त्रालयमा छलफल

काठमाडौँ- ७५६ मेगावाटको तमोर जलाशययुक्त बहुउद्देश्यीय जलविद्युत  आयोजनालाई अगाडी बढाउने विषयमा छलफल भएको छ ।

 

आयोजना प्रभावित क्षेत्रका संघीय सांसदहरु, योजना आयोगका सदस्य, लगानी बोर्डका सिइयो, मन्त्रालयका सचिव तथा सहसचिवहरु, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा विभागका प्रमुखहरुको उपस्थितिमा  आयोजनालाई समयमै र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रणनीति, लगानी संरचना, तथा कार्यान्वयनका मोडालिटीबारे छलफल गरेको उर्जामन्त्री दिपक खड्काले जानकारी दिएका छन् ।

अब लगानीको मोडालिटी नयाँ बनाउनुपर्छ । मेरो देखाई, भोगाई र अनुभवले आयोजनामा लगानी भित्र्याउन र समयमै सम्पन्न गर्न पब्लिकलाई शेयर दिएर जाने, प्राइभेटलाई लिड गर्न लगाउने त्यसमा हामीले सहयोग गरेर जानुपर्छ भन्नेमा जोड दिएको मन्त्री खड्काले बताए । यस आयोजनाले झापा, मोरङ सुनसरी लगायतका १ लाखभन्दा बढी क्षेत्रमा सिँचाई सुविधा पुग्नुका साथै जल यातायात तथा पर्यटनको विकासमा समेत ठुलो भूमिका खेल्ने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

आज सुनचाँदीको मुल्य कति छ ?