नेभिगेशन
समाज विविध

सिप मेला तालिममा ८ वटा पेसा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसीटी क्षेत्रमा छानिएका ५ वटा पेसामा ७ वटा पेसा थप गरेर १२ वटा बनाएको हो  । 

थपिएका पेसामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइन रहेका छन् । यस क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृत्रिमता (एआई) र यसको प्रयोग (एआई एण्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम गर्ने तयारी थियो । 

यस्तै व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेसा थप भएको छ । यसमा सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) गरी ४ पेसा राखिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध