नेभिगेशन
राजनीति

बुकुरो पार्टी बनाएर साना–साना कसौंडीमा दाल खाने परपम्परा तोड्नु पर्छ : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नहुने बताएका छन् ।

आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तरविरोधलाई चिरेर सही ढंगले निक्र्योल गर्न जरुरी रहेको बताए । कुनै पनि देशमा सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको उनको भनाइ छ ।

आजका अवस्थामा आफूहरूको निशाना को हो ? कसका विरुद्ध समाजवादी क्रान्ति गर्छौं नेपालमा ? भन्ने स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताए। त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए । स–साना राजनीतिक दलहरू खोलेर स–सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नु पर्ने बताए ।

पूर्व प्रधानमन्त्री खनालले भने, ‘आजको प्रधान अन्तरविरोध के हो ? त्यो कुरालाई सही ढंगले निक्र्योल गर्दै आजका अवस्थाको को हो हाम्रो निशाना ? कसका विरुद्ध हामी लड्दै हामी समाजवादी क्रान्ति गर्छौं ? यो स्पष्ट पार्दै हामीले समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्नेछ ।’ पूर्व प्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति