नेभिगेशन
खेलकुद

रोकिएको आइपिएल आजबाट सुरु हुँदै, आरसीबी र कोलकाता भिड्ने

काठमाडौँ– भारत र पाकिस्तानबीच भएको द्वन्द्वका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल) आजबाट पुन सुरु हुँदै छ। 

आइपिएलको जारी संस्करणको ५८औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र कोलकाता नाइटराइडर्स (केकेआर) बिच बैंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियममा राति ७:४५ बजे खेल सुरु हुने छ।

दुइ टीम बिच सिजनमा दोस्रो पटक एकअर्का विरुद्ध भिड्न लागेका छन्। यस सिजनको पहिलो खेलमा बैंगलोरले कोलकातालाई ७ विकेटले हराएको थियो।

अङ्क तालिकाको दोस्रो स्थानमा रहेको आरसीबी ‘प्लेअफ’ को आफ्नो सम्भावनालाई थप बलियो बनाउने लक्ष्यमा रहेको छ। टीमले जारी सिजन खेलेका ११ मध्ये ८ खेलमा जित हासिल गर्दै १६ अङ्क बनाएको छ। शीर्ष स्थानको गुजरातले पनि समान खेल र जितबाट १६ अङ्कै बनाएपनि नेटरनरेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको हो।

त्यस्तै १२ खेलमा ६ खेल हारिसकेको कोलकातापनि ‘प्लेअफ’ को आसा कायम राख्न आरसीबीलाई हराउने दबाबमा हुने छ। यदि आजको खेलमा कोलकाता पराजित भएमा आधिकारीक रुपमा प्रतियोगिताबाट बाहिरिने चौंथो टिम बन्ने छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद