नेभिगेशन
राजनीति

भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार समितिका अवधेश सोल्टीमा, ज्ञानेन्द्र शाह किन पुगे त्यहाँ?

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्य अवधेश बिहारी माथुर काठमाडौंस्थित सोल्टी होटलमा बसेका छन्।

सगरमाथा संवादमा वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवको प्रतिनिधि मण्डलका साथ आएका बिहारी सोल्टीमा विहीबारदेखि छन्। सोही छेको पारेर ज्ञानेन्द्र शाह पनि ४५ मिनेटका लागि सोल्टीमा प्रवेश गरेको बताइएको छ।

शाह सोल्टीमा छिरे पनि माथुरसँग भेट भयो कि भएन भन्ने विषयमा भने केही सार्वजनिक हुन सकेको छैन। यस विषयमा शाहनिकट स्रोतले सोल्टी प्रवेश गरेको संकेत गरे पनि भेट भए या नभएको विषयमा केही जानकारी दिएन। 

यता, जनआस्थाको अनलाइन संस्करणले नेपालमा राजदूत भैसकेका भारतीय पूर्वविदेश सचिव श्यामशरण पनि होटल द्वारिकाजमा रहेको जनाएको छ।

श्यामशरण उनै हुन् जसले नेपालमा राजसंस्था हटाउनका लागि भूमिका खेलेको भनी पुस्तक लेखेका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति