नेभिगेशन
खेलकुद

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको १२ कक्षाको परिक्षा सक्कियो, अब के गर्दैछन्?

काठमाडौं– राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका कारण पढाईको अनियमितता रहेका नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कक्षा १२ को परिक्षा सकाएका छन्।

उनको परिक्षा विहीबार सकिएको हो। परिक्षाका कारण उनी नेपाली टीमसँग बेलायत गएका थिएनन्।

२२ वर्षिय रोहितले आफ्नो गृहनगर नवलपरासीको बर्दघाटबाटै १२ कक्षाको परीक्षा दिएका हुन्। 

यसपाली १२ को परीक्षाअघि नेपालको अन्तर्राष्ट्रिय म्याचहरु नभएकाले उनलाई परीक्षा दिन समय मिलेको थियो। अब लिग २ को भ्रमणका लागि उनी शनिबार बेलायत जानेछन्।

क्रिकेटबाहेक पौडेलले नयाँ व्यावसायी क्याफे पनि सञ्चालनमा ल्षएका छन्। उनको सेभेन्टिन बिन्स क्याफे बुद्धनगरमा छ।

रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने नेपालका कान्छा खेलाडी हुन्। सन् २०१८ मा भएको नेदरल्यान्डस् विरुद्धको खेलमा रोहित १६ बर्ष पुग्न एक महिना बाँकी रहँदा अन्तर्राष्ट्रिय डेब्यु गरेका खेलाडी हुन्। 

तत्कालिन कप्तान सन्दीप लामिछानेलाई लागेको बलात्कार अभियोगपछि राष्ट्रिय टोलीको कप्तानीको जिम्मा रोहितलाई दिइएको थियो। जसको कप्तानीको खेलका कारण नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा चम्कियो। घरेलु लिग नेपाल प्रिमियर लिग (एनपीएल)मा उनी लुम्बिनी लायन्सका पनि कप्तान थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद