नेभिगेशन
राजनीति

किन डाक्यो कांग्रेसले संसदीय दलको बैठक, के छ देउवाको ‘प्लान’

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ। संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी शनिबार दिउँसोका लागि बैठक डाकिएको हो।

प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनअनुसार बैठक डाकिएको हो। 

बैठकमा आगामी बजेटका विषयमा छलफल हुने बताइए पनि यसमा सत्ता साझेदार नेकपा एमालेको भूमीकाका विषयमा कुराकानी हुने बताइन्छ। 

देउवानिकट स्रोतका अनुसार पूर्वमन्त्री समेत रहेका मोहनबहादुर बस्नेतमाथि अख्तियारले मुद्दा हालेको विषयमा एमालेसँग जवाफ माग्नेगरी छलफल हुनेछ। देउवाले सोही प्रयोजनका निम्ति पनि संसदीय दलको राय लिने तयारी गरेको बताइन्छ। 

टेरामक्स प्रकरणमा बस्नेतमाथि मुद्दा दायर भएको छ। सो समयमा देउवा प्रधानमन्त्री रहेका थिए। ‘यस प्रकरणमा नीतिगत विषय सोझ्याएर सभापतिमाथि पनि कुनै खेल त छैन भन्ने शंका छ’, स्रोतले भन्यो,‘यस विषयमा पनि सभापतिले छलफल गर्ने प्लान गर्नुभएको छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति