नेभिगेशन
खेलकुद

वर्ल्ड टेस्ट च्याम्पियन्सिपमा बढाइयो पुरस्कार राशि, कसले कति पाउछन् ?

काठमाडौँ - जुन ११ मा हुने आइसीसी वर्ल्ड टेस्ट च्याम्पियन्सिपको फाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुदैछ । फाइनल खेल इङल्याण्डको लर्ड्स क्रिकेट मैदानमा जुन ११ देखि १५ सम्म हुदैछ ।

आइसीसीले वर्ल्ड टेस्ट च्याम्पियन्सिपको उपाधि जित्ने देशका लागि दिने पुरस्कार रकमको घोषणा गरेको छ । वर्ल्ड टेस्ट च्याम्पियन्सिप विजेताले ३.६ मिलियन डलर पुरस्कार पाउने भएको छ ।  अघिल्लो च्याम्पियन्सिपको विजेताले केवल ८ लाख डलर पाएको थियो । त्यस्तै उपविजेताले २.१ मिलियन डलर न्ग्स पुरस्कार पाउने छ । यस अघि पहिलो च्याम्पियनसिप न्यूजील्याण्डले र दोस्रो च्याम्पियनसिप अस्ट्रेलियाले जितेका थिए । दुवै पटक भारत उपविजेता बनेको थियो ।


त्यस्तै च्याम्पियनसिपको अंक तालिकामा तेस्रो स्थानमा रहेको भारतले १.४ मिलियन डलर पाउने भएको छ भने चौथो स्थानमा रहेको न्यूजील्याण्डले १.२ मिलियन डलर, पाँचौं हुने इङल्याण्डले  ९ लाख ६० हजार डलर, छैटौं हुने श्रीलंकाले ८ लाख ४० हजार डलर पाउने भएका छन् ।


त्यस्तै सातौं भएको बंगलादेशले ७ लाख २० हजार डलर, आठौ भएको वेस्टइन्डिजले ६ लाख डलर र नवौं भएको पाकिस्तानले ४ लाख ८० हजार डलर पाउने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद