नेभिगेशन
राजनीति

‘आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौं भने राजनीति गरेको के अर्थ ?’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले छोराछोरीहरूलाई मुलुकमै सपना देखाउन नसके राजनीति गरेको अर्थ नहुने बताएका छन्।

आज (बुधबार) काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले युवाहरूलाई स्वदेशमा टिकाउन गाह्रो भएको बताउँदै आफ्नै छोराछोरीलाई सपना देखाउन नसके राजनीति गरेको र मन्त्री भएको औचित्य नहुने जिकिर गरे।

उनले नेपाललाई साँच्चीकै माया गर्ने, स्वाधीनताको रक्षा गर्ने र सबैको साझा देश बनाउने हो भने यसको औचित्य, महत्व र गरिमा बुझाउनु पर्ने धारणा राखे । उनले नेपाल भन्दा कमजोर देशहरूले विकास र प्रगति गरेको बताउँदै नेपाल पनि सबल बन्ने विश्वास व्यक्त गरे।

उनले युवाहरूलाई स्वदेशमै सपना देखाएर त्यसलाई विपनामा परिणत गर्ने संकल्प गर्नुपर्ने जिकिर गरे । उनले संघीयता लोकतन्त्रको अभिन्न अङ्ग रहेको बताउँदै संघीयतालाई जति बलियो बन्यो, लोकतन्त्र पनि त्यति नै बलियो बन्दै देश समृद्ध बन्ने बताए । उनले संघीयता र समावेशिता लोकतन्त्रका लागि उत्तिकै महत्वपूर्ण पाटो रहेको समेत जिकिर गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति