नेभिगेशन
राजनीति

आज राति प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, एजेन्डा के छ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (आज) राति मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। 

प्रधानमन्त्री ओलीको सचिवालयले यस्तो जानकारी दिएको हो। बैठकको मुख्य एजेन्डा गभर्नर नियुक्ति सिफारिस समितिसम्बन्धी निर्णय रहेको बताइएको छ।

बालुवाटारमा राति ८ बजे बस्ने बैठकले गभर्नर सिफारिस गर्न गठित समितिका सदस्य डा.विश्व पौडेलको राजीनामा स्वीकृत  गर्दै नयाँ सदस्य नियुक्त गर्ने एजेन्डा प्राथमिकतामा छ।

राष्ट्रिय योजना आयोगका  पूर्वअध्यक्ष समेत रहेका पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने समझदारी भएको थियो।

यसबाहेक अन्य विभिन्न एजेन्डा पनि हुने बताइएको छ। यो बैठक नियमितबाहेकको हो। मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्ने कार्यतालिका हुन्छ। तर प्रधानमन्त्रीले बुधबार नै डाकेका कारण विशेष एजेन्डा रहेको हुन सक्ने बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति