नेभिगेशन
बैंक–वित्त

गभर्नर नियुक्त गर्न लागिएका डा. पौडेलविरुद्ध सर्वोच्चमा रिट पेश

काठमाडौं - गभर्नर नियुक्त गर्न लागिएका अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ ।

नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो ।

अभिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट पेश गर्दै राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेको चर्चा छ ।

पौडेललाई गभर्नर बनाउने सहमति जुटेपछि उनले आइतबार गभर्नर छनोट समितिको विज्ञ सदस्यबाट राजीनामा दिएका थिए । यसअघि गभर्नर बनाउन सहमति जुटेको भनिएका डा. गुणकर भट्टविरुद्ध पनि सर्वोच्चमा रिट परेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त