नेभिगेशन
समाज विविध

विषाक्त मदिरा सेवन गर्दा भारतको पञ्जावमा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको पञ्जाबमा विषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार पञ्जाको अमृतसरस्थित मजिठामा भएको यस घटनामा गएराती नक्कली मदिरा सेवन गरेपछि अहिलेसम्म १४ जनाको मृत्यु भएको हो । प्रहरीले विषाक्त मदिराको मुख्य आपूर्तिकर्ता परबजीत सिंह सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ ।

अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ र ६ जना हाल अस्पतालमा भर्ना छन् । यो घटना ५ वटा गाउँ भागाली, पातलपुरी, मरारी कलान, थेरेवल र तलवन्दी घुम्मानमा भएको बताइएको छ ।

पञ्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरू विरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ । प्रहरीले पाँच गाउँहरूमा लक्षणहरू पत्ता लगाउन चिकित्सा टोलीहरू घर-घरमा गएर काम गरिरहेको बताएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

१२ घन्टापछि खुल्यो वीपी राजमार्ग