नेभिगेशन
समाज विविध

सगरमाथा संवादले जलवायुजन्य संकट समाधानको निष्कर्ष निकाल्छ : सांसद गैरे

काठमाडौँ- सांसद ठाकुरप्रसाद गैरेले जलवायुजन्य संकटले सताइरहेको बेलामा जलवायु न्यायका लागि ‘सगरमाथा संवाद’ आयोजना हुनु सुखद पक्ष रहेको र संवादले जलवायुजन्य संकट समाधानको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरेका छन् । 

प्रतिनिधि सभा बैठकमा उनले जलवायु परिवर्तनको कारण बाढी पहिरोको जोखिम तथा अन्य प्राकृतिक विपद्का घटना बढिरहेकाले जलवायु न्याय स्थापित गर्न ढिलाइ गर्न नहुने बताए । बैठकमा सांसद डिगबहादुर लिम्बूले मोरङ क्षेत्र नं १ मा गत वर्ष असोजमा आएको बाढीका कारण सिँचाइ तथा खानेपानीका मुहान सुक्दै गइरहेकाले विपद् व्यवस्थापन गर्न ती क्षेत्रमा बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।  

सांसद डोलप्रसाद अर्यालले वर्षायाममा बाढी पहिरोबाट नागरिकले कष्ट भोग्नुपर्ने भएकाले समयमै  विपद् व्यवस्थापनको वातावरण सिर्जना गर्न सरकारको  ध्यानाकर्षण गराए । सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारपछि विस्थापित परिवारको पुनर्स्थापना गर्न सरकारसँग माग गरे। सांसद डा तोसिमा कार्कीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ–तराई–मधेश द्रुतमार्गको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध