नेभिगेशन
समाज विविध

हुलाकका हाकिम र नासुसहित छ जनाविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक कार्यालयका कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हुलाक बचत बैंकको रकम अभिलेख नगरी हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख र बचत बैंक हेर्दै आएका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

आयोगले आज विशेष अदालतमा २०६० सालदेखि हुलाक बचत बैंक हेर्दै आएका नासु बलीरामप्रसाद कुर्मी, बारा जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहमाथि मुद्दा दायर गरेको हो ।

उनीहरूसँग ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बिगो दाबी गरिएको छ ।

नासु बलीरामले बचतकर्ताको पासबुक तथा लेजर बुकमा मात्र जनाई, कार्यालयको दैनिक नगदी रजिष्टरमा नजनाई, बैंक दाखिला नगरी, केन्द्रीय कार्यालयमा जानकारी नगराएको साथै हाकिमसँग मिलेमतो गरी लिने खाने गरेको खुलेको अख्तियारको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध