नेभिगेशन
खेलकुद

ब्राजिलको मुख्य प्रशिक्षक बने एन्सेलोट्टी

काठमाडौँ - कार्लो एन्सेलोट्टी ब्राजिलको राष्ट्रिय टिमको प्रशिक्षक बनेका छन् ।

ब्राजिल फुटबल फेडेरेसनले रियल म्याड्रिडका प्रशिक्षक रहेका एन्सेलोट्टी आफ्नो राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको छ ।

ब्राजिलले २०२६ विश्वकपसम्म एन्सेलोट्टी मुख्य प्रशिक्षक रहने बताएको छ । एन्सेलोट्टीले जुनको पहिलो सातादेखि ब्राजिलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । एन्सेलोट्टीले इक्वेडर र पराग्वेविरुद्धको विश्वकप छनौटको खेलदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन् भने उनको नेतृत्वमा ब्राजिलले २०२६ को विश्वकप खेल्ने भएको छ ।


६५ बर्षिय एन्सेलोट्टी पछिल्लो पटक २०२१ देखि रियल म्याड्रिडको प्रशिक्षक रहेका छन् । उनी यसअघि २०१३ देखि २०१५ सम्म पनि रियल म्याड्रिडको प्रशिक्षक थिए । रियल म्याड्रिड बाहेक उनले युभेन्टस, एसी मिलान, चेल्सी, पिएसजी, बायर्न म्युनिख, नापोली र एभर्टनको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद