नेभिगेशन
खेलकुद

बुमराह भारतको टेस्ट कप्तान नबन्ने !

काठमाडौँ - रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि, भारत टेस्ट फर्म्याटमा नयाँ कप्तानको खोजीमा रहेको छ ।

भारतले अर्को महिनादेखि इङ्गल्याण्डविरुद्ध उसकै घरेलु मैदानमा पाँच खेलको टेस्ट सिरिज खेल्ने तालिका छ। यसअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टेस्ट टिम छनोट गर्नुपर्नेछ । यद्यपि, नयाँ कप्तान को बन्नेछ भन्ने बारेमा अहिलेसम्म कुनै ठोस जानकारी छैन । यस दौडमा जसप्रीत बुमराह र शुभमन गिलको रूपमा दुई खेलाडी थिए, तर मिडिया रिपोर्टका अनुसार बुमराहले अर्को टेस्ट कप्तान बन्ने दौडबाट आफूलाई बाहिर राखेका छन् । अब यो दौड शुभमन गिल र ऋषभ पन्त बाँकी रहेका छन् ।

बुमराहलाई टेस्ट कप्तानको भूमिकाको लागि बलियो दावेदारको रूपमा हेरिएको थियो,  तर रिपोर्टहरूमा उनले छनोटकर्ताहरूलाई खेलको बोझका कारण पाँच खेलको लामो टेस्ट सिरिजका सबै खेल खेल्ने ग्यारेन्टी दिन नसक्ने भएकाले आफु कप्तानको दौडमा नरहेको स्पष्ट गरेका छन् । यस्तो अवस्थामा, अब छनोटकर्ताहरूले पुरै सिरिज खेल्न सक्ने खेलाडीलाई कप्तान बनाउने तयारी गरेको छ ।


बुमराह दौडबाट बाहिरिएपछि, छनोटकर्ताहरूले कप्तानीको लागि गिल वा पन्त मध्ये एकलाई छनौट गर्न सक्छन् । कप्तानको रूपमा छनोट नभएको अर्को खेलाडीलाई उप-कप्तान नियुक्त गरिने अपेक्षा गरिएको छ ।


मिडिया रिपोर्टका अनुसार टेस्ट क्रिकेटमा शुभमन गिल कप्तान बन्ने सम्भावना निकै बढी रहेको बताइएको छ । उनले आइपिएलमा गुजरात टाइटन्सका लागि गरेको कप्तानीबाट निकै प्रभावित गरेका कारण पन्त भन्दा गिल छनौटकर्ताको प्राथमिकतामा रहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

रोकिएको आइपिएल शनिबारदेखि हुने