नेभिगेशन
खेलकुद

विराट कोहलीः जसले १८ महिनामा बनाए ६ दोहोरो सतक

काठमाडौं - आधुनिक क्रिकेटका सर्वश्रेष्ठ खेलाडीका रुपमा लोकप्रिय विराट कोहलीले टेष्ट क्रिकेटबाट बिदा लिएका छन्। १४ वर्ष निरन्तर टेष्ट खेलेका उनका नाममा अनेक रेकर्ड छन्। 

त्यसमध्ये एक भारतीय टेष्ट खेलाडीमध्ये सबैभन्दा धेरै दोहोरो शतक बनाउने रेकर्ड उनको नाममा छ । कोहलीले ६ वटा दोहोरो सतक बनाएका छन्। समग्रमा उनी यो सूचीमा दोस्रो स्थानमा छन्। पहिलो स्थानमा डोनाल्ड ब्राडम्यान छन्। जसले आठ वटा दोहोरो सतक प्रहार गरेका थिए। 

अझ रमाइलो के छने १८ महिनाकोबिचमा उनले ६ वटा दोहोरो सतक प्रहार गरेका हुन्। २०१६ मा उनले वेष्ट इन्डिजविरुद्धको खेलमा पहिलो दोहोरो सतक प्रहार गरेका थिए। त्यसपछि ३३ इनिङमा थप पाँच दोहोरो सतह जोडेका हुन्। टेष्ट करिअरमा सन् २०१६ देखि २०१९ सम्म उनी उत्कृष्ट फर्ममा थिए । यो समयमा  ५९ इनिङमा उनले ६५.८० को औसतमा ३६१९ रन जोडेका थिए। जसमा १४ सतह प्रहार गरे।  

समग्रमा उनी भारतका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा उनले चौथो स्थान बनाएका छन्। पहिलोमा सचिन तेन्दुलकर (१५, ९८१), दोस्रोमा राहुल द्रभिड(१३,२६५) तेस्रोमा सुनिल गाभास्कर((१०,१२२) र चौथोमा कोहली(९२३०) छन् । 

टेष्ट कप्तानका रुपमा उनी भारतका लागि सबैभन्दा सफल कप्तान बने। 

कोहलीले सन् २०१४ बाट टेष्ट खेल्न सुरु गरेका थिए। उनले टी–२० बाट यसअघि नै सन्यास लिइसकेका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

रोकिएको आइपिएल शनिबारदेखि हुने