नेभिगेशन
खेलकुद

थ्रिलर एल क्लासिकोमा बार्सिलोना विजयी

काठमाडौं -स्पेनिस ला लिगाको एल क्लासिको बार्सिलोनाले जितेको छ । आइतबार राति सम्पन्न एल क्लासिकोमा बार्सिलोना रियल म्याड्रिडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

२-० गोलले पछि परेको बार्सिलोनाले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । खेलमा पहिलो हाफमा ६ गोल भएका थिए भने दोस्रो हाफमा एक गोल भएको थियो । खेलको पाँचौं र १४औं मिनेटमा किलीयन एम्बाप्पेले गोल गर्दै रियल म्याड्रिडलाई २-० को अग्रता दिलाएपनि बार्सिलोनाले खेलको १९औं, ३२औं, ३४औ र ४५औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा ४-२ को अग्रता लिएको थियो । 


बार्सिलोनाका लागि राफिन्हाले २ गोल गरेका थिए भने लामिन यमल र एरिक ग्रासियाले एक एक गोल गरेका थिए । खेलको दोस्रो हाफको ७०औ मिनेटमा एम्बाप्पेले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।


यो जितपछि बार्सिलोनाको ३६ खेलमा ८२ अंक भएको छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ७ अंकले अगाडी रहेको छ । अब लिगमा ३ खेल बाँकी हुदा बार्सिलोनाले ७ अंकको महत्वपूर्ण अग्रता हासिल गरेको छ । त्यस्तै रियल म्याड्रिडको भने ३५ खेलमा ७५ अंक रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद