नेभिगेशन
राजनीति

सरकारको स्थायित्वको आधार तयार भएपछि प्रचण्डमा पीडा र छटपटी बढेको देखियो- महासचिव पोखरेल

काठमाडौँ -नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा सरकारको स्थायित्व बढेपछि पीडा र छटपटी बढेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले सरकारको स्थायित्वको आधार तयार भएपछि प्रचण्डमा पीडा र छटपटी बढेको देखिएको टिप्पणी गरेका हुन् ।


उनले भनेका छन्-   


प्रचण्डजी तपाई के वोल्दै हुनुहुन्छ ? यी तथ्यहरुले तपाईको वोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छः तपाई प्रधानमन्त्री हुदाको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको छ । विदेशी मुद्राको संचिति वढेको छ । सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ । निर्माण व्यावसायिलाई काम वापतको तपाईको नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ ।

निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको छ । जस्तो पोखरा -मुग्लिन सडक, गैडाकोट- वुटवल सडक आदी । भुकम्प र वाढि पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ । वैंकको तरलता वृद्धि भएको छ । व्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ ।

कानून निर्माणको कामले तिव्रता पाएको छ । कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको छ । क़ानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।भूमि समस्याको समाधानको प्रकृया अघि वढेको छ । सरकारको स्थायित्वको आधार तयार भएको छ । उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी वढेको देखिन्छ । होइन र ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

राज्यको निशानामा राजावादी