नेभिगेशन
समाज विविध

इन्जिनियरविरुद्ध साढे ३ करोडको भ्रष्ट्राचार मुद्दा दायर

काठमाडौँ- काठमाडौँ उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ । उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।

पौडेलले ९ वैशाख २०५१ देखि ३१ असार २०८० सम्मको अवधिमा उक्त अकुत रकम कमाएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध