नेभिगेशन
राजनीति

संसदका दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिदै

काठमाडौं -आज संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेदेखि बस्ने तालिका रहेको छ भने राष्ट्रिय सभाको बैठक अपराहन्न सवा १ बजे बस्ने तालिका रहेको छ । 

बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै सदनमा जवाफ दिने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई आज दुवै सदनमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

राज्यको निशानामा राजावादी