नेभिगेशन
राजनीति

सरकारभन्दा अगाडि कांग्रेस नेता भण्डारीले समर्थन गरेका थिए भारतको कदममा, के भनेका थिए?

काठमाडौं– भारत र पाकिस्तानको युद्धका विषयमा नेपाली कांग्रेस ‘सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान’ले सरकारभन्दा अघि नै भारतीय पक्षको समर्थन गरेको थियो।

परराष्ट्र मन्त्रालयले विहीबार साँझ विज्ञप्ति निकालेर नेपाली युवा सुदीप न्यौपानेसमेतको ज्यान लिनेगरी भएको पहलगाम आतंकवादी हमलाविरुद्ध भारतले चालेको कमदको समर्थ गरेको थियो। तर, त्यसअघि नै महाअभियानका संयोजक पूर्वमन्त्री शंकर भण्डारीले विज्ञप्ति जारी गरी समर्थ गरेका थिए। 

‘आतंकवादलाई नियन्त्रण गर्ने कुनै पनि काममा महाअभियान सकारात्म समर्थन गर्दछ’, भण्डारीले भनेका थिए।

विश्वका जुनसुकै राष्ट्रमा हुने आतंकवादी गतिविधिका विरोधमा हुने गतिविविधमा महाअभियानको साथमा रहने भण्डारीको भनाई थियो। 

भण्डारी नेपाल हिन्दू सनातन राष्ट्र निर्माणको अभियानका संयोजक हुन्। कांग्रेसमा स्व. खुमबहादुर खड्काको निधनपछि यसको जिम्मेवारी र नेतृत्व भण्डारीले गरिरहेका छन्। नेपाली कांग्रेसभित्र पनि भण्डारीकै नेतृत्वमा बहुमत महासमिति सदस्यले यस विषयलाई जोडदार उठान गरिरहेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति