नेभिगेशन
राजनीति

बुधबारबाटै लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीले फिर्ता गरिन् सरकारी सेवा सुविधा

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट नै लागू हुनेगरी सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन्।

राजनीतिमा सक्रिय हुने निर्णयसँगै उनले सरकारी सुविधा फिर्ता गरिन्।

‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गरेकाछौं’, भण्डारीनिकटले जानकारी दिए।

उनले आफ्नो पार्टी सदस्यता नवीकरण पनि भएको जानकारी गराएकी छिन्। अब भने एमालेमा उनको भूमिका सक्रिय र अन्य नेताका लागि पेचिलो बन्ने भएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति