नेभिगेशन
राजनीति

कांग्रेसले भन्यो - आतंकवादविरुद्धको लडाइँमा हामीले भारतलाई साथ दिनुपर्छ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतले पाकिस्तानी आतंकवादको विरुद्ध थालेको लडाइँमा साथ दिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उनले बताए ।

उनले भने, ‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध गरेको युद्धले हामी जोखिमयुक्त अवस्थामा छौँ। यो जटिलताको सामना गर्न सरकार तयारी रहोस् । साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ ।’

उनले धितो बोर्डको अध्यक्षले कमिसनको काण्डबारे पनि छानबिन गर्न र अख्तियार प्रमुखको अभिव्यक्तिलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति