नेभिगेशन
राजनीति

जगदुल्लाह हाइड्रोपावर विवाद : उर्जामन्त्रीमाथि छानविन गर्न माओवादीको माग

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग गरेको छ।

प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले ठेक्का मिलेमतो र सेटिङबाट सार्वजनिक खरिद नियमावली विपरीत भएको कुरा उठेकाले सभामुखमार्फत सरकारसँग छानबिनको माग गरेका हुन् । उनले सरकारी काम सेटिङ र मिलेमतोबाट नभई ऐन र कानुनअनुरूप हुनुपर्ने बताए ।

उनले डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको टेन्डर प्रक्रियामा मिलोमतो भएको भन्दै ऊर्जामन्त्री दीपक खड्कामाथि छानबिन गर्न माग गरेका हुन् । जगदुल्ला जलविद्युत आयोजनाको टेन्डरमा आयोजनाका कार्यकारी निर्देशाक र ऊजामन्त्रीको मिलोमतो भएको सञ्चारमाध्यममा आएको उनको भनाइ छ ।

‘जदगुल्ला जलविद्युत आयोजनाको टेन्डर प्रक्रियामा धेरै मिलोमतो भइरहेको सवालमा धेरै सञ्चारमाध्यममा प्रकाशित भइरहेको छ,’ मोदीले भने, ‘यसमा मूल्य पहिले नै लिक भइसकेको थियो । जगदुल्लाको आर्थिक प्रस्ताव गर्दा ऊर्जा मन्त्रालयका मन्त्री र जगदुल्ला जलविद्युतको कार्यकारी निर्देशकको मिलेमतोमा टेन्डर प्रक्रियमा सामेल भएको छ भन्ने कुरा विभिन्न सञ्चारमाध्यममा आइरहेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति